कास्की प्रहरीको पर्वलक्षित योजना: हाइ अलर्टदेखि बारम्बार गस्ती
देउसीः भैलो बेलुकी ९ बजेसम्म
पाेखरा | कात्तिक ६, २०७९
पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना अघि सारेको छ ।
कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले तिहार तथा छठ पर्वमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्नका लागि विशेष रणनीति तयार पारेको बताए ।
‘चाडपर्व तथा निर्वाचनको सरगर्मी बढेकाले कुनै पनि अप्रिय घटना हुन नदिन हामीले विशेष योजना बनाएका छौ, सुनगाभा न्यूजसँग भने, ‘संभावित घटना हुन नदिन सादा पोसाकका प्रहरीदेखि गस्तीलाई बाक्लो बनाएका छौं ।’
डिएसपी तिवारीले पर्वको समयमा आपराधिक क्रियाकलापमा संलग्न हुदै आएका व्यक्तिहरुलाई विशेष निगरानीमा राखेको बताए ।
‘नेपालीहरुको चाडपर्वसँगै निर्वाचनको मिति नजिकिएको छ । चाडपर्व तथा निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन सादा पोसाकका प्रहरी परिचालन, गस्ती बाक्लो बनाएका छौ, उनले भने, ‘यस्तो समयमा बहुमूल्य पसल तथा वित्तिय सेवा क्षेत्रमा हुने चोरी डकैटी हुन सक्ने कुरालाई मध्यनजर गरेर त्यसतर्फ विशेष टोली परिचालन नै गरेका छौं ।’
चाडपर्वहरुमा ठुला सुनचाँदी पसलमा जनताले बहुमूल्यको गहना किनबेच गर्ने भएकाले त्यहाँ चोरी डकैटी हुन सक्ने भएकाले त्यसलाई रोक्न सादा पोसाकदेखि निरन्तर गस्तीलाई तिव्रता दिइएको हो ।
कास्कीमा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै चाडपर्वको अवसरमा पटका, आतिजबाजी झिरझिरे, भुइचम्पा जस्ता विष्फोटकजन्य पदार्थको प्रयोग कानून विपरित रहेकाले प्रयोग गर्न नहुने बताए । ‘पर्वको बहानामा पटका लगायत विष्फोटकजन्य पदार्थको प्रयोग तथाओसारपोसार र विक्रीवितरण कानून विपरित हो, उनले भने, ‘त्यसैले त्यस्तो क्रियाकलापमा संलग्न भए कानून अनुसार कारवाही गर्छौ ।’
देउसी भैलो राति ९ बजेपछि खेल्न नपाइने
जिल्ला प्रशासन कार्यालय कास्कीले राति ९ बजेपछि देउसी भैलो खेल्न नपाउने बताएको छ ।
जिल्ला प्रकाशन कार्यालय कास्कीका सूचना अधिकारी गुरुदत्त ढकालले कास्कीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जानकारी दिए ।
‘जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै हामीले देउसी, भैलो, नाचगान जस्ता कार्यहरु राति ९ बजेसम्म मात्र सञ्चालन गर्न भनेर सुचना जारी गरेका छौं, उनले भने ‘आगामी चुनाव तथा शान्ति सुरक्षालाई मध्यनजर गरेर राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने निर्णय गरेको हौ ।’
देउसी भैलोको नाममा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमति दिएको ।
गतवर्ष भने राती १० बजेसम्म देउसी भैलो खेल्न अनुमति दिइएको थियो ।

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

